श्राद्धमा खाना खाएका मध्ये एक सय १० जना बिरामी,चार जनाको अवस्था गम्भीर

Sagarmatha Post
Sagarmatha Post १८ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa


रोल्पा,
 जिल्लाको रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन् । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिनुभयो । स्थानीय तिलप्रसाद रोकाको घरमा श्राद्धमा खाना खाएका मध्ये एक सय १० जना बिरामी परेको हुन् । वडा अध्यक्ष राजकुमार पुरीले रोकाको घरमा श्राद्धमा एक सय ५० जनाले खाना खाएका थिए । त्यसमध्ये एक सय १० जना बिरामी परेको जानकारी दिनुभयो ।

बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने समस्या देखिएपछि स्थानीय खुमेल स्वास्थयचौकीमा पुर्‍याइएको थियो । प्रहरीका अनुसार हालसम्म एक सय दुई जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य आठ जनालाई जिल्ला अस्पताल रेउघा रोल्पामा रेफर गरिएको सूचना अधिकारी चापागाईंले बताउनुभयो । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । बिरामीहरु अधिकांश स्थानीय रहेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्