दिपायल–बोगटानमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना घाइते

Sagarmatha Post
Sagarmatha Post १८ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

डोटी । डोटी जिल्लाको के.आई.सिंह गाउँपालिका–५ केदार गाउँस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित आठ जना घाइते भएका छन्। दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा निवासी ४२ वर्षीय मिन बहादुर बमको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा दिपायल शैलेश्वरी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाएको छ । त्यस्तै दुर्घटनामा बोगटान फुड्सिल–६ की ५० वर्षीया चना देवी चन्दको गम्भीर घाइते भएकी छन् । अन्य घाइतेहरूमा सोही ठाउँकी ४० वर्षीया महेश्वरा देवी चन्द, ४२ वर्षीया बिर्मा देवी चन्द, बोगटान–२ चाल्सा निवासी १९ वर्षीय धन बहादुर बम, के।आई।सिंह–४ वायलका ४७ वर्षीय नरेश प्रसाद जोशी, डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ सकायलकी २३ वर्षीया राधिका देउवा, उनकी २ वर्षीया छोरी रियान्सा देउवा तथा कैलाली धनगढी उपमहानगरपालिका–१८ फूलबारी निवासी २४ वर्षीय जीप चालक हरिचन्द्र चौधरी रहेका छन्। सुपप्र ०१–००१ ज १४६४ नम्बरको बोलेरो जीप बोगटानबाट दिपायलतर्फ जाँदै गर्दा आज बिहान करिब ९:३५ बजे अनियन्त्रित भई करिब १०० मिटर तल खसेको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्