नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख को आयोजनामा दुई दिने अन्तर जिल्ला अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post १९ जेष्ठ २०८२, सोमबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख को आयोजनामा दुई दिने अन्तरजिल्ला अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
करिब एक सय जना नेपाली काँग्रेसका नेता र कार्यकर्ता सहभागी रहेको अवलोकन भ्रमण मकवानपुरको दामनामा यहि जेष्ठ १६र १७ गते सम्पन्न भएको हो । कार्यक्रममा पुर्व रक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधान, नेपाली काँग्रेस बाग्मती प्रदेशका नेता हरिहर अधिकारी, नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ का सभापति श्यमकृष्ण खड्गी, प्रदेश सभा ख का सभापति बिष्णु भक्त तिमिल्सीना, तारकेश्वर नगरपालिकाका मेयर एवं नेपाली काँग्रेस तारकेश्वर नगरसभापति कृष्ण हरि महर्जन, नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सचिबद्धय झंकनाथ घिमिरे, सिता घिमिरे कोषाध्यक्ष बिनोद देवकोटा, सहसचिब हिरालाल महर्जन सहित प्रदेश कार्यसमितिहरु, नेपाली काँग्रेस टोखा नगरसभापति ओम बिमली, नेपाली काँग्रेसका तारकेश्वर र टोखा नगर अन्तर्गतका विभिन्न नगर र वडा कार्यसमितिका सदस्य र पदाधीकारीहरु, तारकेश्वर नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचीत वडा अध्यक्षहरु वडा नं २ का अध्यक्ष एवं तारकेश्वर नगरप्रवक्ता राधाकृष्ण खड्गी, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा नं ८ का अध्यक्ष श्याम कृष्ण सापकोटा, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, तारकेश्वर र टोखा नगरपालिकाका कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु र जनप्रतिनिधिहरु, महिला संघका अध्यक्षहरु एवं पदाधीकारीहरु लगायतको उपस्थीति रहेको थियो ।
दामनमा आयोजना गरिएको औपचारीक कार्यक्रममा पुर्व रक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधानले नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त उपलव्धीलाई फाल्नका लागि राजाबादीहरु सलबलाईरहेको बताँउदै त्यसलाई त्यसलाई सबै मिलेर प्रतिकार गरिने बताउनुभयो ।
अहिलेकै संविधानबाट राजा र्फकाउन खोजेमा कुनै आपत्ती नरहेको बताँउदै नेता प्रधानले हिमानीलाई पार्टी खोलेर दुई तिहाई जनमत सहित मुलुकलाई राजतन्त्रमा र्फकाउन सुझाब दिनुभयो । नेता प्रधानले यो संविधानको र्बखिलापमा गएर राजा ल्याउन खोजेमा सबै दलहरु मिलेर प्रतिकार गरिने बताउनुभयो ।

May be an image of 7 people and text
कार्यक्रममा नेपाली काँग्रेस बाग्मती प्रदेशका नेता हरिहर अधिकारीले मुलुकलाई बचाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताँउदै देशको रक्षाका निम्ती काँग्रेसले नेतृत्व गनुपर्ने बेला आएको बताउनुभयो ।

May be an image of 2 people, dais and text
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्याम कृष्ण खड्गीले राजनीतिमा धैयर्ता जरुरी रहेको बताँउदै इमान्दार कार्याकर्ताहरुको पार्टीले उचित मुल्यांकन गरिने बताउनुभयो ।

May be an image of 2 people and text
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीनाले पार्टीको बिचार र सिद्धान्त अनुरुप प्रदेश कार्यसमितिले बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको बताँउदै यस्ता कार्यक्रमहरुले पार्टी भित्र भाईचारा र एकता कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।
दामना आयोजना गरिएको औपचारी कार्यक्रमका प्रदेश कार्यसमितिका सचिबद्धय झंकनाथ घिमिरे र सिता घिमिरले संचालन गर्नुभएको थियो । करिब एक सय नेता तथा कार्यकर्ता सहभागी रहेको भ्रमण कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना समेत गरीएको थियो । भ्रमणकै दिनमा असार १५ गते जन्म दिन परेका नेपाली काँग्रेस तारकेश्वर नगरपालिका वडा नं ६ का सभापति रबि केसीको जन्म दिन परेकाले जन्म दिनको अवसरमा कार्यक्रम आयोजक प्रदेश सभा कार्यसमितिले जन्म दिनको विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो । जन्म दिनको अवसरमा सभापति केसीलाई सहभागीहरुले सुभकामना समेत व्यक्त गरेका थिए ।
नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख कार्यसमिति नेपाली काँग्रेसको बिधान अनुरुप प्रदेश निर्वाचन प्रोफाईल तयार गर्ने देशभरीकै पहिलो कार्यसमिति हो । गत बर्ष मात्र प्रदेश कार्यसमितिले यस क्षेत्र मातहतलाई समेटेर बिधान अनुरुप निर्वाचन प्रोफाईल तयार गरेको थियो । प्रदेश सभापति चयन भएपछि बिष्णु भक्त तिमिल्सीना नेतृत्वको कार्यसमितिले मातहतका नगर, वडा कार्यसमितिलाई सहभागी गराएर यस अघि बिभिन्न प्रशिक्षण, भ्रमण लगायतका कार्यक्रमहरु आयोजना गदै आईरहेको छ । नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख कार्यसमिति काठमाण्डौं उपत्यका सहित बाग्मती प्रदेशकै चलायमान कार्यसमितिको रुपमा पार्टी भित्र पहिचान बनाउन सफल भएको छ ।

May be an image of 5 people and text that says 'राष्ट्रयता लोकतन्त्र समाजवाद 0POOOT अन्तरजिल्ा दामन.मकवानपुर मकवानपुर अवलोकन भरमा दामन, :मिति શ०८શ :श०शजेठ१६्रभगते जेठ? मठ१६्र१७ 阿期目 注間駅 आयोजक लेपाली तेपालीकांग्रे कांग्ोे प्रदेशसभा क्षत्रिय प्रदेशसमकषत्रिय क काठमाण्डो क्षेत्र isd'

df

May be an image of 3 people, beard and people smiling

 

ghgh

May be an image of 7 people and text that says 'NIKE'

May be an image of 11 people and text that says 'ष्टूयता लोकतन्त्र समाजवाद 0986001 अनरजिल्ला दामन, मकवानपुर अवलोकन अमण ति: શ0ાશ रगे 9ง गे आरोजा အမုံ်မတပ်ခညိုး'

May be an image of 3 people, people smiling and temple

May be an image of 8 people

May be an image of 3 people, people studying and text

May be an image of 10 people

May be an image of 4 people, people smiling and people dancing

May be an image of 5 people

fgg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्