टर्कीमा युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति

Sagarmatha Post
Sagarmatha Post २० जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौँ। टर्कीमा सोमबार भएको युक्रेन र रुसबीचको वार्तापछि दुवै देशले पहिलोपटक प्रतिक्रिया दिएका छन्। युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले युक्रेनले रुसको ज्ञापनपत्र प्राप्त गरेको जानकारी दिँदै अर्को कदम चाल्न एक हप्ता लाग्ने बताएका छन्।उनले सबै गम्भीर घाइते वा बिरामी सैनिक र १८ देखि २५ वर्ष उमेरका सबै लडाकु आदानप्रदान गर्न तथा मारिएका सैनिकहरूको शव फिर्ता गर्न दुवै देश सहमत भएको जानकारी पनि दिएका छन्।

रुस्तम उमरोभले यही महिनाको अन्त्यमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुन सक्ने र त्यसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने सम्भावना रहेको बताएका छन्। उता रुसको प्रतिनिधिमण्डलका नेता भ्लादिमिर मेडिन्स्कीले आफ्नो देश ६ हजार युद्धबन्दी युक्रेनलाई हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।

उनले अगाडि भनेका छन्, ‘मारिएका युक्रेनी सैनिकहरूको शव अर्को हप्ता फिर्ता गरिनेछ।’ भ्लादिमिर मेडिन्स्कीले शव आदानप्रदान गर्न सकियोस् भनेर रुसले युक्रेनलाई सीमा क्षेत्रका केही भागमा दुईदेखि तीन दिनको युद्धविराम प्रस्ताव गरेको पनि जानकारी गराएका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्