भारतमा कोरोनाको संक्रमण दर १० दिनमा १५ गुणाले बढ्दै

Sagarmatha Post
Sagarmatha Post २० जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

भारत, भारतमा कोरोना संक्रमितको संख्या बढेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लोपटक थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मंगलबार बिहानसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ। भारतीय स्वास्थ्य विभागको वेबसाइटअनुसार कोरोना संक्रमण दर १० दिनमा १५ गुणा बढेको छ। अहिले भारतभर सक्रिय संक्रमितको संख्या ३ हजार ९७६ पुगेको छ। सोमबार अहमदाबादमा १८ वर्षीया गर्भवती र ४७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको थियो।

यसअघि आइतबार दिल्लीमा २२ वर्षीया युवती र तमिलनाडुमा २५ वर्षीय युवकको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। छिमेकी मुलुक र खुला सीमा भएका कारण भारतमा कोरोना संक्रमण बढ्दै जाँदा स्वाभाविक रूपमा नेपालमा पनि जोखिम बढेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्