डोटीमा जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते

Sagarmatha Post
Sagarmatha Post २१ जेष्ठ २०८२, बुधबार
1 Min Read
Aa

डोटी । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–७, उडीतोलामा आज बिहान (बुधबार) जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको सायल गाउँपालिका ४ भल्मा बस्ने २५ वर्षीय पदमा बिष्ट, सोही ठाउँ वडा न-३ कचाली बस्ने ६० वर्षीय हरु बयाडी २१ वर्षीय यदु बयाडि, जिल्लाको पुर्वीचौकी २ बस्ने क्रमशः ३५ वर्षीय गोबिन्द ओली, सोही ठाउँ बगलेक बस्ने ४० वर्षीय कुन्ति नेपाली, ४० वर्षीय हर्का देवी साउँद, ४० वर्षीय कलु साउँद,५० वर्षीय गोलमा देवी दमाई, ३० वर्षीय बजी दमाई रहेका छन् ।

घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको डोटी प्रहरीले जनाएको छ।बगलेकबाट सिलगढीतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ च ०२४४ नम्बरको जीप अनियन्त्रित भई सडकको दाहिने पट्टि नालामा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहान करिब १०स्२५ बजेको समयमा जीपको ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। जीप चालक डोटी सायल गाउँपालिका–४ का ५४ वर्षीय हरि बहादुर बिष्ट रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्