काठमाडौँ, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कायम भएपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । सभामुख घिमिरेले संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुखरमुख्य सचेतकहरुसँग छलफल गरेका थिए । सो छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरुको अडान कायमै रहेको बताएका थिए ।माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले सदन सञ्चालनको वातावरण बनाउन गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका छन् ।’सभामुखसँग छलफलमा कुरा मिलेन। छानबिन समिति नभई हुँदैन भनेर हामीले भन्यौँ,’ उनले भने, ‘उहाँहरू (सत्तापक्ष) तयार हुनु भएन। उहाँहरू तयार नभएपछि हामीले पनि हुँदैन भनेर निस्कियौँ।’ सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने र राजीनामा दिनुपर्ने कारण नभएको बताउँदै आएका छन्।
गृहमन्त्रीले राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्रको अडान कायम


प्रतिक्रिया दिनुहोस्