तारकेश्वर १० मा लागू औषध दुव्यसन तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post २३ जेष्ठ २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तका निम्ती सहकार्य नेपालले आज लागू औषध र्दुव्यसनी तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरिक्षक शालिग्राम शर्मा पौडेल र प्रहरी निरिक्षक शैलजा पाण्डेले लागू औषध दुव्र्यसनी र आत्महत्या दुरुत्साहन सम्बन्धी कक्षाहरु संचालन गर्नुभएको थियो ।
परिवर्तनका निम्ती सहकार्य नेपालका अध्यक्ष एवं पत्रकार रबिन प्रसाद थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रहरी कार्यालय बालाजुका प्रमुख, प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्ट, तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राई, मानसिंह धर्म मा.वि का प्रधानाध्यापक केदार गजुरेल, तारकेश्वर नगरपालिकाका कार्यपालिका सदस्य एवं वडा सदस्य शान्ता थपलिया, नगर कार्यपालिका सदस्य गिता परियार, तारकेश्वर नगरपालिका वडा नं १० का वडा सदस्य एवं कार्यक्रमका अनुगमन संयोजक बाबुराम पौडेल, वडा सदस्यहरु बिक्रम महर्जन र रत्नमायाँ परिवार, मानसिंह धर्म मा.विका विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर महर्जन, समाजसेवी नारायण मल्ल ठकुरी, मनमैजु युवा समाजका अध्यक्ष हिरालाल महर्जन, एश्वर्य नगर समाजका अध्यक्ष देवराज गौली, शिवनगर टोल सुधार समितिका अध्यक्ष गिर्वाण केसी लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रमको चर्चीत संचारकर्मी कुसुम बज्राचार्यले संचालन गर्नुभएको थियो ।

May be an image of 1 person, dais and text
कार्यक्रममा बोल्नुहुंदै काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनालले लागू औषधको लतबाट युवाहरुलाई जोगाउनु अहिलेको मुख्य चुनौति रहेको बताँउदै त्यसका निम्ती समाज, परिवार र सवैबाट सहयोग हुनुपर्ने बताउनुभयो ।

May be an image of 5 people, dais and text
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले भौतिक बिकासलाई भन्दा सामाजिक विकासका निम्ती वडा कार्यालयले बिभिन्न कार्यक्रमहरु गरिरहेको बताँउदै समाजमा चुनौतिको रुपमा खडा भएको साईबर अपराध, लागुऔषध दुव्र्यसनी र आत्महत्या दुरुत्साहन लगायतका बिषयमा वडाले कार्यक्रमहरु संचालन गदै आईरहेको बताउनुभयो ।
सो अवसरमा मानसिंह धर्म मा.विका प्रधानाध्यापक केदार प्रसाद गजुरेलले लागू औषधको प्रयोग बढदै गईरहेको बताँउदै त्यसले गर्ने असरलाई न्यूनिकरणका निम्ती सचेतना फैलाउनु जुरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी युवा तथा विद्यार्थीहरुले कार्यक्रम निकै महत्वपुर्ण रहेको बताँउदै कार्यक्रमबाट धेरै जानकारीहरु पाएको बताए ।

May be an image of 8 people, dais and text

May be an image of 6 people, dais and text

jhj

May be an image of 5 people, dais and text

May be an image of 2 people, people smiling, suit and text

May be an image of 1 person and text

May be an image of 2 people and text

gh

May be an image of one or more people and text

May be an image of 2 people

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्