जनप्रतिनिधि तथा कर्मचारी क्षमता अभिबृद्दी तालिम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post २६ जेष्ठ २०८२, सोमबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्षमता अभिबृद्दी तालिम सम्पन्न भएको छ ।
जेष्ठ २३ र २५ गते सम्म संचालन गरिएको तालिममा तारकेश्वरका जनप्रतिनिधिहरु र कर्मचारहिरुको उपस्थीति रहेको थियो । कार्यक्रमको नगर प्रमुख कृष्ण हरि महर्जन र बिज्ञहरुले गमलामा पानी हाली उद्घघाटन गर्नुभएको यस कार्यक्रममा उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु र कर्मचारी उपस्थित हुनुभएको थियो ।
कार्यक्रममा बिज्ञहरु डा. दामोदर रेग्मी, काशीराज दाहाल, शंकर प्रसाद पन्थीले जनप्रतिनिधिहरुलाई भुमी सम्बन्धी, प्रशासनिक सम्बन्धी लगायत विभिन्न बिषयमा प्रशिक्षण दिनुभएको थियो । पुर्व सचीव कृष्ण हरि बास्कोटाले जनप्रतिनिधि र कर्मचारीलाई सन्युक्त प्रशिक्षण गर्नुभएको थियो । योग गुरु नवराज फुयालले बिहान सबै जनप्रतिनिधिलाई योगा पनि गराउनु भएको थियो । सबै जनप्रतिनिधिहरु उत्सुकतासाथ तालिममा सहभागी हुनुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्