काठमाडौं । लायन्स मल्टिपल डिष्ट्रिक ३२५ को अधिवेशनको अवसरमा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ एलबाट लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भ क्लवले सर्वाधिक सेवा गर्ने पहिलो क्लवको अवार्ड प्राप्त गरेको छ । शनिबार राजधानीको कमलादीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भका अध्यक्ष रामशरण न्यौपाने ९सुशान्त० लाई इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले सम्मान प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा मल्टिपल डिष्ट्रिकले १५ ओटै डिष्ट्रिकका उत्कृष्ट क्लवहरुलाई ७–७ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भसहित एल डिष्ट्रिकमा ७ ओटा क्लव सम्मानित भएका छन् । शुभ आरम्भले मल्टिपलबाट सर्वाधिक सर्भिस गरेवापत पहिलोपटक अवार्ड प्राप्त गरेको छ ।
नेपालबाट लायन्सको इन्टरनेशनल डाइरेक्टरमा राजन लम्साल निर्वाचित
लायन्स मल्टिपल डिष्ट्रिक इन्टरनेशनल ३२५ को हिजोको चुनावबाट लायन राजन लम्साल अत्यधिक मतका साथ इन्टरनेशनल डाइरेक्टर पदमा निर्वाचित भएका छन् । लम्सालले १३८७ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी खगेन्द्र सिटौलाले ५३१ मत प्राप्त गरेका थिए । लम्सालले यस अघि ३२५ का थुप्रै डिष्ट्रिकहरूमा अन्तर्राष्ट्रियबाट धेरै योजनाहरु ल्याउन सफल भएका थिए ।


प्रतिक्रिया दिनुहोस्