युके पठाइदिने भन्दै ११ करोड रुपियाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

Sagarmatha Post
Sagarmatha Post २७ जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौँ,  वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ११ करोड रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले पराजुली र शर्मालाई आइतबार काठमाडौँ महानगरपालिका ३२ नरेफाँटबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले यूके पठाउने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपियाँ ठगी गरेको प्रहरीले बताएको छ । दुबै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्