टोखामा गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा,गोली चल्दा दुई जना प्रहरी घाइते

Sagarmatha Post
Sagarmatha Post २७ जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ । नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्