नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका लागि २ जनाको उम्मेदवारी

Sagarmatha Post
Sagarmatha Post २९ जेष्ठ २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि सुजन डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएसँगै उनीहरुबीच नै चुनावी भिडन्त हुनेछ। त्यस्तै महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ। जसमा दीपक धामी, आरके रोमस र सुनिल कंडेलले उम्मेदवारी रहेको छ।

त्यस्तै उपाध्यक्षमा त्यस्तै उपाध्यक्ष खुल्ला एक पदका लागि ५ जना, उपाध्क्ष महिला १ पदका लागि ४ जना, उपमहासचिव १ पदका लागि ३ जना र सचिव ४ पदका लागि ३६ जनाको उम्मदेवारी परेको निर्वाचन कमिटीले जनाएको छ। सम्मेलनबाट १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने छ। त्यस्तै विभिन्न आयोगमा पदाधिकारी र सदस्य समेत निर्वाचित हुनेछन्। उम्मेदवारीमाथि आजै दावी विरोधगरी अन्ति नामावली प्रकाशन गरेर मतदान गर्ने निर्वाचन तालिका रहेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्