काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनको लागि मतदान सुरु जारी छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजे नै मतदान हुने भनिएपनि केहीबेरअघि सुरु भएको हो ।हिजै साँझ उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले बिहानै मात्रै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो । ४५ वटा भेन्डिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् । उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियुको नयाँ नेतृत्व चयनको लागि मतदान जारी


प्रतिक्रिया दिनुहोस्