रबिन थपलिया । काठमाण्डौं । महिलाहरुलाई उद्यमी बनाउने लक्ष्य सहित तारकेश्वर नगरपालिका वडा नं १० मा अचार बनाउने तालिम सुरु भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १० संगको सहकार्यमा प्राकृतिक श्रोत तथा कृषि व्यवस्थापन केन्द्रको आयोजनामा हिजो देखि मानसिंह स्कुल नजिककैको त्रिवेणी व्याङक्वेटमा तालिम सुरु भएको हो । तालिममा वडा भरीका ५५ जना महिलाहरुको सहभागीता रहेको छ । तालिममा खाध्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका प्राविधिक सहितका प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन् । एक हप्ता सम्म चल्ने तालिममा शैदान्तीक तथा व्यवहारीक ज्ञान दिईने आयोजकहरुले बताएका छन् । वडा नं १० ले महिलाहरुलाई उद्यमी बनाउने बिभिन्न तालिमहरु सञ्चालन गदै आईरहेको छ ।
fhghgh





ghg


प्रतिक्रिया दिनुहोस्