तारकेश्वर नगरपालिकाद्धारा साङलामा निशुल्क आयुर्वेदीक स्वास्थ्य शिविर सम्पन्न, घरदैलोमै सेवा दिएको भन्दै स्थानीयद्धारा खुसी व्यक्त

Sagarmatha Post
Sagarmatha Post ३१ जेष्ठ २०८२, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा वडा नं १ साङलामा निशुल्क बृहद आयुर्वेदिक स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
साङला स्थीत बालकुमारी मा.वि मा आयोजना गरिएको शिविरमा २२५ जनाले सेवा लिएको तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले बताउनुभयो ।
शिविरमा सिंहदरबार बैद्यखाना विकास समितिका अध्यक्ष डा. ठाकुर प्रसाद दवाडी र सदस्य डा लक्ष्मी प्रसाद घिमिरि, आयुर्वेद चिकित्सालयका डा सुनिल शर्मा, आयुर्वेद तथा बैकल्पीक चिकित्सालयका डा. सुजन अर्यालद्धारा बिरामीलाई ओपीडी सेवा प्रदान गर्नुभएको छ ।
शिविरमा ओपीडि सेवा सहित निुशल्क ल्याब सेवा, विभिन्न रोगहरुको जाँच, पायल्सको उपचार सहित डक्टरको सिफारीसमा निशुल्क आयुर्वेदका औषधीहरु बितरण गरिएको कुवंरले बताउनुभयो ।
घरदैलोमानै आएर आयुर्वेदीक शिविर सञ्चालन गरेको भन्दै बिरामीहरुले नगरपालिकालाई धन्यवात दिएका छन् ।
स्वास्थ्य शिविरमा वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, तारकेश्वर नगरस्वास्थ्य शाखाका प्रमुख बिनोदकुमार शाह, जनस्वास्थ्य निरिक्षक गणेश कुंवर, स्वास्थ्य शाखाका शोभा आचार्य, भरत पाण्डे, शन्तोष भट्टराई, नागरिक आरोग्य केन्द्र तारकेश्वरकी प्रमुख दिव्या आचार्य, साङला अस्पतालकी गायत्री श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो ।

No photo description available.

May be an image of 2 people, hospital and text

May be an image of 2 people, people studying and text that says 'ፍንር চीरनरी Trisul! Irisuli K3'

May be an image of 3 people and text

May be an image of 4 people and text

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्