बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु

Sagarmatha Post
Sagarmatha Post १ असार २०८२, आईतवार
1 Min Read
Aa

मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्।गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ।२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो। जडान नसकिँदै बेलिब्रिज खसेको हो। बेलिब्रिज खस्दा जडान गरिरहेका ६ जना घाइते भएका थिए।​ हेवा खोला पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमानामा पर्छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्