रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका ले आ.व २०८२÷८३ को लागि बार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा भोली असार ३ गते अन्तरक्रिया गर्ने भएको छ ।
नगरपालिकाको सभाहल धर्मस्थलीमा भोली असार ३ गते ११ बजे अन्तरक्रिया गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वर प्रसाद आचार्यले एक सुचना प्रकाशीत गरी छलफल कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, पुर्व जनप्रतिनिधि, कर्मचारी, पुर्व प्शासक, विद्यालय, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, पत्रकार तथा संचारकर्मी, क्लब, समूह लगायत सरोकारवालाहरुसंग छलफल, बिचार बिमर्श एवं सुझाब संकलन बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकाले अतिथिको रुपमा उपस्थीतिका लागि निमन्त्रणा गर्नुभएको छ ।
नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन निर्वाचीत भएर आएसंगै नगरपालिकाले बार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा छलफल कार्यक्रम आयोजना गदै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्