धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज परिसूचक २.८० अंकले बढेर २,६५८.६६ विन्दुमा बन्द भएको हो । कारोबार रकम एक अर्ब ७४ करोड ३६ लाख रुपैयाँले बढेको छ । आज १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज १२४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १२४ कम्पनीको सेयरमूल्य घटेको छ । यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.६९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.२५ र व्यापार ०.०९ प्रतिशत बढे । अघिल्लो दिनसम्म उच्च दरले बढेको हाइड्रोपावर आज १.०० प्रतिशत घट्यो । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो अन्य ०.३३ तथा लगानी ०.१३ प्रतिशत घटे ।


प्रतिक्रिया दिनुहोस्