फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल फेला परे

Sagarmatha Post
Sagarmatha Post २ असार २०८२, सोमबार
1 Min Read
Aa

फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल फेला परेका छन्। सोमबार बिहान ९ बजेर ४७ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा निरास स्टाटस राख्दै उनी सम्पर्कविहीन भएका थिए।  जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले  जानकारी दिए। सोमबार बिहान फेसबुकमा लामो स्टाटससहित ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका थिए। फेसबुकमा लेखिएको स्टाटसबारे थाहा पाएपछि प्रहरीले तत्कालै डा. श्रेष्ठलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। उनी बेपत्ता भएको खबर पाएपछि प्रहरीले उनको खोजी गरेको थियो। उनको अन्तिम लोकेशन चाबहिल क्षेत्र देखिएको थियो।  त्यहाँबाट उनको मोबाइल अफ भएको थियो। त्यसपछि प्रहरीको विभिन्न निकायले उनको खोजी गरेको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्