काठमाण्डौं । तारकेश्वर नगरपालिकाले भगिनी सम्बन्ध राखेको सल्यानको शारदा नगरपालिकालाई सुविधा सम्पन्न एउटा एम्बुलेन्स उपहारको रुपमा प्रदान गरेको छ ।
तारकेश्वर नगरपालिकाले सल्यान जिल्ला स्थित शारदा नगरपालिकालाई सहयोग स्वरुप खरिद गरेको एक एम्बुलेन्स नगर प्रमुख कृष्ण हरि महर्जनले शारदा नगरपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको छ ।
तारकेश्वर नगरपालिका र शारदा नगरपालिका बिच २०८० मा भगिनी सन्दी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्