काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा उपप्रमुख संग महिला शिक्षक कार्यक्रम सम्पन्न भएको छ ।
असार ५–६ गते आ.व.२०८१÷८२ को योजना तथा कार्यक्रम अन्तर्गत उप–प्रमुखसंग महिला शिक्षक कार्यक्रम सारथि होटल धुलिखेलमा नगर उप प्रमुख सृजना बुर्लाकोटी अर्यालको अध्यक्षतामा सम्पन्न भयो । २ दिनसम्म चलेको कार्यक्रमको नगर प्रमुख कृष्ण हरि महर्जनज्युले पानसमा बत्ती बाली कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो । यस कार्यक्रमको पहिलो सत्र असार ५ गते प्रशिक्षक ईश्वर श्रेष्ठले योग, ध्यान र आत्मसन्तुलन र शिक्षक इम्पावरमेन्ट ओर्कसप बिषयमा प्रशिक्षण दिनुभयो । विभिन्न खेल र नाचगान सहित प्रशिक्षण दिनुभएको यस कार्यक्रममा सबै महिला शिक्षकहरुले रमाईलो गर्नुभएको थियो ।
कार्यक्रमको दोश्रो सत्र असार ६ गते बिहानबाट शुरु भएको कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जनले बिद्यालय र शैक्षिक अवस्था सम्बन्धी प्रशिक्षण दिई महिला शिक्षकहरुलाई गित बजाई नचाउनुभएको थियो । उप प्रमुख सृजना बुर्लाकोटी अर्यालले शिक्षणको अवस्था र महिला शिक्षकको भोगाई सम्बन्धी मन्तब्य राख्नु भयो ।
नेपाल सरकारका सचिव डा. हरि प्रसाद लम्सालले समसामयिक सैद्धान्तिक सिकाईलाई कसरी व्यवहारिक बनाउने र स्तरीय शिक्षक ब्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशासन शाखाका अधिकृत भुपेन्द्र सिंह बडालले स्वागत मन्तब्य राख्नुभएको यस कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रा.स. आरती पौडेलले गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्