तारकेश्वर। आयुर्वेद स्वास्थ्य उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढाउन तारकेश्वर नगरपालिका – ९ स्थित शहरी स्वास्थ्य केन्द्र – ९ मनमैजुमामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
तारकेश्वर नगरपालिका ,स्वास्थ्य शाखा र नागरिक आरोग्य केन्द्रको आयोजनामा, अन्तरराष्ट्रिय योग दिवसका दिन सञ्चालन भएको सो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २६१ जना विभिन्न रोगका बिरामीले सेवा लिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक गणेश वहादुर कुंवरले बताउनुभयो
जनस्वास्थ्य निरीक्षक कुंवरका अनुसार त्यसैगरी उपचारात्मक सेवा २६१ जनाले लिएका छन् भने ७३ जनाको सुगर परीक्षण गरिएको छ । यस्तै जेष्ठ नागरिक सेवा ४५ जनाले र स्तनपायी (प्रसूति महिलालाई दुग्धवर्धक औषधि वितरण) सेवा ११ जनाले लिएको पनि कुंवरले बताउनुभयो ।
शिविरमा सिंहदरबार बैद्यखाना विकास समितिका अध्यक्ष प्रा डा. ठाकुर प्रसाद दवाडी र सदस्य डा लक्ष्मी प्रसाद घिमिरे, आयुर्वेद चिकित्सालयका डा सुनिल शर्मा, आयुर्वेद चिकित्सक डा. रक्षा भट्टराईद्धारा बिरामीलाई ओपीडी सेवा प्रदान गर्नुभएको छ ।
आयुर्वेद औषधिको साइड इफेक्ट अत्यन्तै न्युन भएको र यसले रोगलाई जरैबाट निर्मुल पार्ने भएकाले बढीभन्दा बढीलाई यो पद्धतिको उपचारमा संलग्न हुन आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले बताउनुभयो ।
शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोग, जस्तै हाडजोर्नी, नशा, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीलगायत समस्याको परीक्षण, उपचार तथा परामर्श प्रदान गरिएको र ’स्वास्थ्य शिविरबाट उपलब्ध गराइने सम्पूर्ण सेवा तथा औषधिहरू निशुल्क वितरण गरिएको नागरिक आरोग्य केन्द्रका कविराज दिव्या आचार्यले बताउनुभयो ।
घरदैलोमानै आएर आयुर्वेदीक शिविर सञ्चालन गरेको भन्दै बिरामीहरुले नगरपालिकालाई धन्यवाद दिएका छन् ।
स्वास्थ्य शिविरमा वडा नं ९ का अध्यक्ष श्याम कृष्ण महर्जन , तारकेश्वर नगरस्वास्थ्य शाखाका प्रमुख बिनोदकुमार शाह, जनस्वास्थ्य निरिक्षक गणेश कुंवर, स्वास्थ्य शाखाका शोभा आचार्य, भरत पाण्डे, शन्तोष भट्टराई, नागरिक आरोग्य केन्द्र तारकेश्वरकी प्रमुख दिव्या आचार्य, सहित महिला स्वास्थ्य स्वयं सेविकाको लगायतको उपस्थीति रहेको थियो ।





fgf


प्रतिक्रिया दिनुहोस्