तारकेश्वर नगरपालिकाको १७ औं नगरसभा आज हुंदै, २ अर्ब बढीको बजेट आउने, खानेपानीका लागी बजेटको ठुलो हिस्सा

Sagarmatha Post
Sagarmatha Post १० असार २०८२, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर । तारकेश्वर नगरपालिकाको १७ औं नगरसभा आज हुंदैछ । विहान ११ बजे नगरपालिकाको सभाहल धर्मस्थलीमा नगरसभा आयोजना गरिएको छ ।
नगरसभामा २ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरिएको छ । नगरप्रमुख कृष्ण हरि महर्जनले यस अघिनै आगामी आर्थिक बर्षलाई खानेपानीको बर्षको रुपमा घोषणा गरेर ठुलो रकम खानेपानीमा खर्च गर्ने घोषणा गरिसक्नु भएको छ । नगरसभाले पुर्वाधारका लागि गर्ने खर्चको ठुलो हिस्सा खानेपानीको लागि खर्च गर्नेछ । त्यस्तै खानेपानी पछि शिक्षा, स्वास्थ्य, खेलकुद लाई प्राथमिकतामा राखेर सोही अनुसार बजेट बिनियोजन गरिनेछ । १ करोडको हाराहारीमा शिक्षा क्षेत्रमा बजेट बिनियोजन गरिरहेको तारकेश्वरमा नगरप्रमुख कृष्ण हरि महर्जनको टिम बिजयी भएर आएसंगै त्यसलाई ८ गुणा भन्दा बढी बजेट बिनियोजन गरेर शिक्षा क्षेत्रमा लगानी बृद्धि गरिएको छ । यस पटक शिक्षा क्षेत्रमा तारकेश्वरले ९ करोड भन्दा बढी बजेट बिनियोजन गरिने अनुमान गरिएको छ । तारकेश्वर नगर अस्पताल सञ्चालनको तयारी गरिरहेको नगरपालिकाले नगर अस्पतालको लागि पनि थप बजेट बिनियोजन गर्ने तयारी गरेको बताईएको छ ।
करको दायरा बढाउने दर घटाउने नगरप्रमुखको प्रगतिसिल कर सिद्धान्त अनुरुप करका दरहरुलाई यस बर्ष यथाबत राख्दै दायरा फराकीलो बनाउने तयारी गरिएको छ । नगरप्रमुख कृष्ण हरि महर्जनले हिजो ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेका नेकपा एमाले तारकेश्वरका टोलीसंग करको दर गतबर्षकै हाराहारीमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । खर्चमा मितव्ययीता अपनाँउदै यसपटक नगरसभा सामान्य तरीकालेनै सञ्चालन गर्ने तयारी गरिएको छ । नगरसभामा अतिथिहरु नबोलाई नगरप्रमुखको प्रमुख आतिथ्यतामा १७ औ नगरसभा गरिनेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्