युद्धविराम वा कारबाही रोक्ने औपचारिक सहमति भएको छैन : विदेशमन्त्री

Sagarmatha Post
Sagarmatha Post १० असार २०८२, मंगलवार
2 Min Read
Aa

इरानका विदेशमन्त्री सेइद अब्बास अराक्चीले युद्धविराम वा कारबाही रोक्ने औपचारिक सहमति नभएको बताएका छन् । अराक्चीले एक वक्तव्य जारी गर्दै भनेका छन्, “हालसम्म कुनै युद्धविराम वा कारबाही रोक्ने औपचारिक सहमति छैन। तर यदि इजरायली शासनले तेहरान समय अनुसार बिहान ४ बजेसम्म इरानी जनताविरुद्धको आक्रमण बन्द गर्‍यो भने, त्यसपछि हामी थप कारबाही गर्ने छैनौं।”

उनले स्पष्ट रूपमा इरानको कारबाहीलाई ‘जवाफस्वरूपको प्रतिरोध’ भनेका छन्।अराक्चीले भनेका छन्, “इजरायलले इरानमाथि आक्रमण गरेर युद्ध सुरु गर्‍यो। इरानको कारबाही जवाफी प्रतिरोध मात्र हो।”
विदेशमन्त्री अराक्चीका अनुसार इरानको सैन्य प्रतिकृया रोकिने वा निरन्तरता दिने अन्तिम निर्णय पछि गरिनेछ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहानै इरान र इजरायलबीच युद्धविराम हुने दाबी गरेका थिए उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु( इजरायल र इरानबीच १२ घण्टामा अर्थात् अबदेखि ६ घण्टामा पूर्ण युद्धविराम लागु हुनेछ। इरानले पहिलो १२ घण्टाका लागि आफ्नो हतियार राख्नेछ र इजरायलले अर्को १२ घण्टाका लागि आफ्नो हतियार बिसाउनेछ।’

उनले अगाडि लेखेका छन्, ‘म दुवै देशका नेताहरूलाई धन्यवाद दिन चाहन्छु, जसले यो १२ दिनको युद्ध अन्त्य गर्न मद्दत गरे। यो धेरै वर्षसम्म चल्न सक्थ्यो र पहिले कहिल्यै नदेखिएको मृत्यु र विनाश ल्याएको थियो। प्रधानमन्त्री नेतन्याहु, इजरायल र इरानका जनता, जो मध्य पूर्वमा शान्ति चाहन्छन्, बधाई छ। यो संसारका लागि एक महान् दिन हो!’

त्यसपछि इरानका विदेशमन्त्रीको यस्तो भनाई आएको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्