आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने : गृहमन्त्री रमेश लेखक

Sagarmatha Post
Sagarmatha Post १२ असार २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका छन् ।लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा गृहमन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले आगामी आर्थिक वर्षभित्र गृहमन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका छन् ।

लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उनले बताए । उनले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा बिशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।देशभरका कारागारमा रहेका कैदीहरुमध्ये दोश्रो ठूलो संख्या लागूऔषधसम्बन्धी मुद्धाका कैदी रहेको भन्दै उनले लागू औषध नियन्त्रणमा अझै पनि चूनौति देखिएको धारणा राखेका छन् ।

स्वस्थ, सम्भ र सुरक्षित समाजको प्रतिवद्धता ः लागू औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ नेपालमा लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो । हरेक वर्षको जुन २६ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्