एसईई परीक्षामा एन्जल्स हार्ट नेश्नल स्कुलका विद्यार्थीहरु शतप्रतिशत उत्कृष्ट नतिजा सहित उत्रिण

Sagarmatha Post
Sagarmatha Post १४ असार २०८२, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर । तारकेश्वर ९ इन्द्रायणी पुल स्थीत एन्जल्स हार्ट नेश्नल स्कुल (एन्जल्स किड्स मन्टेश्वरी ) का विद्यार्थीहरु एसईई परिक्षामा शतप्रतिशत उत्कृष्ठ नतिजा सहित उत्रिण भएका छन् ।
परीक्षामा सहभागी भएका विद्यार्थीहरु माध्य ५० प्रतिशत विद्याथीरुले ए प्लस र ५० प्रतिशत विद्यार्थीहरुले ए ग्रेड सहित उत्रिण भएको विद्यालयका प्रधानाध्यापक टक बहादुर थापाले बताउनुभयो ।
एन्जल्स हार्ट नेश्नल स्कुलबाट पहिलो पटक विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएका हुन् । प्रधानाध्यापक थापाले शत प्रतिशत विद्यार्थी उत्रिण हुंदा विद्यालय परिवार निकै खुसी भएको बताँउदै विद्यार्थीहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
एन्जल्सहार्ट नेश्नल स्कुलले प्रोगेसीभ मोडलमा विद्यार्थीहरुलाई अध्यापन गराँउदै आईरहेको छ ।

May be an image of 10 people, temple and text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्