तारकेश्वरको शिक्षामा गरिएको लगानीको प्रतिफल : एसर्ईईमा सामुदायिक विद्यालयबाट ८५.२२ प्रतिशत विद्यार्थी उत्रिण

Sagarmatha Post
Sagarmatha Post १५ असार २०८२, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल देखिन थालेको छ । नगरप्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिकाको बजेटको ठुलो हिस्सा शिक्षामा लगानी गराँउदै आउनु भएको छ । नगरपालिकाले चालु आ.व मा ९ करोड भन्दा बढी शिक्षामा लगानी गरेको छ । नगरपालिकाले शिक्षाका गरेका लगानीको प्रतिफल क्रमश देखिन थालेको हो । शुक्रबार सार्वजनीक गरिएको एसईई परीक्षामा तारकेश्वरका सामुदायिक विद्यालयले गत बर्षको भन्दा झण्डै १२ प्रतिशत बढी विद्यार्थीहरु उत्रिर्ण गराउन सफल भएका छन् । गत बर्ष सामुदायिक विद्यालयबाट एक जना जिपिए ४ सहित ७३.३६ प्रतिशत विद्यार्थीहरु उत्रिण भएकोमा यस बर्ष २ जना जिपिए ४ सहित ८५.२२ प्रतिशत विद्यार्थीहरु उत्रिण भएका हुन् । एसईई परीक्षामा तारकेश्वर २ स्थीत कालिदेवी मा.वि बाट ९२ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएकोमा दुई जना विद्यार्थीहरुले जिपिए ४ ल्याएका छन् ।

May be an image of 1 person and text that says 'पहिगान अपनत्च र अणिकार: विकासको आधार तारकश्वर नमरपालिका বাববধ্বুব নবববানন नमर सरार्ययलिकाळेकायालय ायणलिकाळो कार्गलय சக்களி प्ंदेर सेपाललन "शिक्षित समाजले मात्र समृद्ध देश निर्माण गर्न सक्छ।" समुदायिक विद्यालयको BLE र SEE दुबै परीक्षाको ३ वर्षको प्रगति २०७९ BLE २०८० ३२.३८% % २०८१ SEE ५६६२ % १००% (कोभिड -१९) ७१.८८% % ९०. ७३.३६% ८५.२२% % 2၀. ២០. ٤٤٠ ဖဝ. .. ३०. २०. ၃၀. ο. कृष्ण हरि महर्जन नगर प्रमुख २०७९ २०८० २०८१ BLE SEE'
यस पटक तारकेश्वरका सामुदायिक विद्यालयबाट ६७० जना विद्यार्थीहरु एसर्ईईमा सहभागी भएकोमा ५७१ जना उत्रिण भएका छन् । जस्मा ३.६१ देखि ४ जिपिए ल्याउनेमा ९६ जना, ३.२१ देखि ३.६० जिपिए ल्याएर उत्रिण हुने २०३ जना, २.८१ देखि ३.२० जिपिए ल्याएर उत्रिण हुने २१२ जना र २.४१ देखि २.८० जिपिए ल्याएर ६० जना विद्यार्थीहरु उत्रिण भएका छन् ।
एसईई परीक्षामा तारकेश्वरका ३ वटा समुदायिक विद्यालयले शतप्रतिशत विद्यार्थी उत्रिण गराउन सफल भएका छन् । जस अनुसार काभ्रेस्थली मा.वि, जितपुर मा.वि र फुटुङ मा.वि रहेका छन् ।

हेर्नुहोस तारकेश्वरका कुन सामुदायिक विद्यालयले कति विद्यार्थी उत्रिण गराए ?

May be an image of text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्