संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन स्पेनको सेभियामा सुरु

Sagarmatha Post
Sagarmatha Post १६ असार २०८२, सोमबार
0 Min Read
Aa

काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन स्पेनको सेभियामा सुरु भएको छ। सोमबार सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलसहित सहभागी हुनुभएको छ। सम्मेलनमा विकासशील राष्ट्रहरूको वित्तीय आवश्यकता, लगानी प्रवाह, ऋण व्यवस्थापन र दिगो विकास लक्ष्य (SDGs) मा वित्तीय स्रोतको सुनिश्चितताजस्ता विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्मेलनमा प्रधानमन्त्री ओलीले विकासशील राष्ट्रहरूको पक्षमा नेपालको धारणा प्रस्तुत गर्नुहुनेछ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्