काठमाण्डौं । माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८१ मा तारकेश्वर नगरपालिका काठमाडौं जिल्लाकै प्रथम बनेको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई, काठमाडौं अनुसार तारकेश्वर नगरपालिकाको पृथ्वी नारायण मा.वि. माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८१ मा काठमाडौं जिल्ला भरिको सामुदायिक बिद्यालयहरुमा शतप्रतिसत नतिजा दिने बिद्यालयमा प्रथम हुन सफल भएको हो ।
यसैगरी तारकेश्वर नगरपालिकाकै फुटुङ मा.वि. सातौ, जितपुर मा.वि. नवौ र काभ्रेस्थली मा.वि. अठारौ हुन सफल भएको छ । यसरी तारकेश्वर नगरपालिकाको ४ वटा बिद्यालय एसईई २०८१ मा शतप्रतिशत नतिजा प्राप्त गर्ने बिद्यालयमा काठमाडौं जिल्लाकै सर्बोतकृष्ट बिद्यालयमा पर्न सफल भएको मा नगरप्रमुख कृष्ण हरि महर्जनले विद्यालयलाई बधाई र सुभकामना व्यक्त गर्नुभएको छ ।


kh


प्रतिक्रिया दिनुहोस्