काठमाण्डौं । तारकेश्वर नगरपालिकामा श्रमीकाको सम्मान गरीएको छ ।
तारकेश्वर नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरपालिकाले श्रमजिवि ब्यक्तिहरुलाई श्रमको सम्मान गरेको हो । कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जनज्युको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुखले सम्मान गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष, कर्मचारी, श्रमजीवी, नगरप्रहरीहरु उपस्थित यस कार्यक्रममा नदिनाला सरसफाईका उत्कृष्ट काम गर्ने चार जना ब्यक्तिलाई नगद राशि सहित सम्मानपत्रले सम्मान गरिएको थियो भने सुपरिबेक्षक लगायत सम्पुर्ण कामका लागि पारीश्रमिकमा आधारित सामुदायिक आयोजनामा खटिएका श्रमिकलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रम तारकेश्वर नगरपालिका रोजगार शाखाले सन्चालन गरेको थियो।
तारकेश्वरमा श्रमीकको सम्मान


प्रतिक्रिया दिनुहोस्