तारकेश्वर नगरपालिकाद्धारा खेलाडी सम्मानीत

Sagarmatha Post
Sagarmatha Post २० असार २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ ।
१४औ काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाका प्रतिनिधित्व गर्दै विभिन्न खेल बिधातर्फ पदक जित्न सफल खेलाडीहरुलाई नगर प्रमुख कृष्ण हरि महर्जन र उप प्रमुख सृजना बुर्लाकोटी अर्यालले नगद र प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो ।
प्रतियोगिता २०८२ बैशाख ९ गते देखि १२ गते सम्म संचालन गरिएको थियो ।
टुसाल मल्टिभेन्युमा असार २० गते आयोजना गरिएको सम्मान कार्यक्रममा उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा समितिका सदस्यहरु, खेलसंयोजकहरु, खेलाडी र कर्मचारीहरु लगायतको उपस्थीति रहेको थियो ।
खेलाडीहरुलाई सम्मान गदै नगरप्रमुख कृष्ण हरि महर्जनले तारकेश्वरलाई खेलकुंदको हबको रुपमा बिकास गर्न नगरपालिका लागि रहेको बताँउदै खेलकुद क्षेत्रको बिकासमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । खेलाड देशको गहना रहेको बताँउदै नगरप्रमुख महर्जनले बिजेता खेलाडीहरुलाई बधाई दिनुभयो ।
सो अवसरमा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले खेल र खेलाडीको कदर गर्न नगरपालिका सदैब तयार रहेको बताँउदै उच्च मनोबलका साथ खेलेर नगरपालिकाको इज्जत राख्न आग्रह गर्नुभयो ।
शिक्षा शाखाको समन्वयमा भएको यस कार्यक्रमको संचालन नगर खेलकुद संयोजक बिक्रम खड्गीज्युले गर्नुभएको थियो ।

May be an image of 9 people, dais and text

May be an image of text that says 'जरती পভसাসসামমির अममुमलिष सकमबाकी मरीवसरी अधिकार दिगो កសយ MUNI 周 Bekeaz नमरपातिका CHSPNAA "पहिचान, अपनत्व र अधिकार: दिगो विकासको आधार" तारकेश्वर नगरपालिका नावतबन नगवगालका नगर कार्यपालिकाको कार्यालय धर्मस्थली काठमाडी बागमती प्रदेश. नेपाल मिति ನಂತನ वैशाख ረ गते देखि १२ गते सम्म आयोजित 98 औं काठमाडौं जिल्ला स्तरीय राष्ट्र्पति रनिड शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै विमिन्न खेल विधातर्फ पदक जित्न सफल खेलाडी, प्रशिक्षक, खेल संयोजकज्युहरुको सम्मानमा आयोजित सम्मान कार्यक्रम-श0 समन्वय आयोजक तारकेश्वर नगर सेलकृद विकास समिति मिति:-२० मिति: -શ0વશ असार २० गते शुत्रबार तारकेश्वर नगरपालिका स्थान:- दुसाल मल्टी भेन्यु समय:- सांभा 04 30 बजे'

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्