काठमाण्डौं । फागुन ७ । तारकेश्वर नगरपालिका वडा नं ११ मा संचालीत नागरिक आरोग्य केन्द्र, काठमाण्डौं जिल्लाकै उत्कृष्ट बनेको छ ।
आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, काठमाडौंले आ.व.२०८१÷८२ मा काठमाडौं जिल्लामा उत्कृष्ट कार्य सम्पादन गरेबापत नागरिक आरोग्य केन्द्र तारकेश्वरलाई प्रशंसा–पत्र प्रदान गरेको हो । उत्कृष्ट भएबापत एक कार्यक्रमका बिच नागरिक आरोग्य केन्द्र तारकेश्वरकी प्रमुख दिव्या आचार्यलाई चिकित्सालयले प्रमाणपत्र प्रदान गरेको छ ।
बागमती प्रदेशको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अन्तर्गत संचालित नागरिक आरोग्य सेवा अभियान अन्तर्गत नागरिक आरोग्य केन्द्र तारकेश्वर संचालीत छ ।
नागरिक आरोग्य केन्द्रले आर्युवेदका औषधीहरु निशुल्क बितरण, ओपीडी संचालन तथा आयुर्वेद सम्बन्धी ज्ञानप्रदान गदै आईरहेको छ । नगरप्रमुख कृष्ण हरि महर्जनले यस केन्द्रलाई निर्वाचीत भएर आएसंगै औषधी र सामग्री खरिदका लागि लाखौं रुपयाँ बिनियोजन गदै आईरहनुभएको छ ।
तारकेश्वरको नागरिक आरोग्य केन्द्र काठमाण्डौं जिल्लामा प्रथम


प्रतिक्रिया दिनुहोस्