तारकेश्वरको नगरप्रमुखको चियाचर्चा, जनताको उत्साहप्रद उपस्थीति

Sagarmatha Post
Sagarmatha Post २१ असार २०८२, शनिबार
2 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जनले नागरिकहरुको गुनासो, सुझाब र सल्लाहका लागि सुरु गर्नुभएको चिया चर्चा कार्यक्रम अन्तर्गत ९ वटा वडाहरुमा कार्यक्रम सम्पन्न भएको छ ।
नगरप्रमुखले सुरु गर्नुभएको लोकप्रिय कार्यक्रममा जनताहरुको उत्साहप्रद उपस्थीति रहेको छ । कार्यव्यस्थताका कारण नगप्रमुखसंग भेटन नसकेका जनताहरु आफ्नै वडामा उपस्थीत भईरहंदा आफ्ना कुराहरु खुलस्त राखिरहेका छन् ।
“सकारात्मक सोचको विकास गरौः आफ्नै वडामा बसि चिया छलफल गरौ“ भन्ने नाराका साथ नगरप्रमुखको आफ्नै वडामा असार २१ गते चिया चर्चा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जन, वडा अध्यक्ष श्यामकृष्ण महर्जन सहित वडा न. ९ का बुद्धिजिविहरु र स्थानीय नगरवासीहरुको उपस्थीति रहेको थियो ।
विहान ६ः३० बजे देखि ९ः३० बजे सम्म वडा न.९ को कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख श्री कृष्ण हरि महर्जनले नगरवासीहरु संग चियाको साथ सल्लाह, सुझाव र जिज्ञासा लिनुभएको थियो ।
सो अवसरमा वडा नं. ९ का पुर्वजनप्रतिनिधि, बुद्धिजिविहरु, शिक्षक, युवा, महिला, राजनितिक दलका प्रतिनिधि र स्थानीय नगरवासीहरु आफ्नो वडाको विकास सम्बन्धी सल्लाह, सुझाव र जिज्ञासाको लागि चिया चर्चा छलफल कार्यक्रममा सहभागी भई जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा खानेपानीको मुख्य समस्या रहेको भन्दै त्यसका निम्ती कार्यक्रम ल्याउन नगरप्रमुखलाई वडाबासीहरुले सुझाब दिएका थिए ।
नगर प्रमुख कृष्ण हरि महर्जनले एक घर एक धारा सहित खानेपानी वर्ष रहेकोले नगरवासीलाई खानेपानी जसरी पनि खुवाउने योजना रहेको बताउनुभयो । वडा अध्यक्ष श्यामकृष्ण महर्जनले वडामा बिकासको गति लिईरहेको र बिकासको क्रममा कुनै पनि कसुर नछाड्ने बताउनुभयो । वडा सदस्यहरु, वडा सचिव, प्राविधिक, नगरपालिकाका कर्मचारी, नगर प्रहरी, पत्रकार र स्थानीयवासीको उपस्थिति रहेको यस चिया चर्चा कार्यक्रममा छलफलको क्रममा उठेका प्रश्न वा सुझावको समाधन कसरी गर्ने भनेर नगर प्रमुख र वडा अध्यक्षले कार्यक्रममा सहभागीसंग छलफल गर्नुभयो ।

May be an image of 8 people and people studying

May be an image of 4 people and people studying

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्