‘शान्ति, न्याय र स्वतन्त्रताको अनुभूति आम नागरिकमा गराउन जरुरी’

Sagarmatha Post
Sagarmatha Post २३ असार २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नु नै साझा दायित्व भएको बताउनुभएको छ ।मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभूति आम नागरिकमा गराउन जरुरी रहेको बताउनुभयो ।राष्ट्रपति पौडेलले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिका रुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले सामाजिक न्यायको लागि मानव अधिकार तथा शान्ति समाजको अभियान र योगदान महत्वपूर्ण रहेको भन्दै नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।  सो कार्यक्रममा कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ बाट सामाजिक न्यायका अभियन्ता एवं पूर्व राजदूत पदम सुन्दासलाई पुरस्कृत गरिएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्