त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस

Sagarmatha Post
Sagarmatha Post २३ असार २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त नेतृत्वको सिफारिस समितिले प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेर विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हो ।

अब विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री ओलीले सिफारिस भएकामध्यबाट एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन् । तत्कालीन उपकुलपति केशरजंग बरालले कुलपति एवं प्रधानन्त्री ओलीबाट असहयोग भएको भन्दै गत चैत्र १५ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो । नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि खड्क केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्