रसुवामा बाढीले जलविद्युत संरचना र मितेरी पुल बगायो

Sagarmatha Post
Sagarmatha Post २४ असार २०८२, मंगलवार
1 Min Read
Aa

रसुवा। केरुङ र लेन्देखोलामा आइतबार अपराह्न आएको अचानकको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचना पूर्णरूपमा क्षति पुगेको छ।करिब तीन बजे आएको बाढीले टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुर्‍याएको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भन्सार जाँचको क्रममा राखिएका र पास भइसकेका केही विद्युतीय सवारीसाधन बगाएको अनुमान गरिएको छ। बाढीले चीनतर्फ जाने रसुवागढीस्थित मितेरी पुलसमेत बगाएको छ।स्थानीय प्रशासनले त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्