काठमाडौं महानगरको नगरसभा २९ गतेका लागि आह्वान

Sagarmatha Post
Sagarmatha Post २७ असार २०८२, शुक्रबार
1 Min Read
Aa

 काठमाडौं ।  काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी २९ असार (आइतबार) आउने भएको छ ।मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए ।शुक्रबार बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर शाहले सो प्रस्तावगरेका हुन् । आजै काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ । राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो । आइतबार सोही बराबरको बजेट सार्वजनिक हुनेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्