एक वर्षमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक : प्रधानमन्त्री

Sagarmatha Post
Sagarmatha Post ३० असार २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार सञ्चालनको एक वर्षमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएको बताएका छन् ।आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको बनेको सरकारले एक वर्ष पुग्न लाग्दा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएको र विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताएका छन् ।

“हामी सरकारमा आएको एक वर्ष पुग्दैछ । यस बीचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन्भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,” प्रधानमन्त्री ओलीले लेखेका छन्, “टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरूआत भएको छ ।” प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको एक वर्षमा नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएको जनाएका छन् । उनले कानुन संशोधनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै गएको बताएका छन् । “गर्नुपर्ने धेरै काम छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ,” प्रधानमन्त्रीले लेखेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्