नेप्से परिसूचक ३४ दशमलव ४६ अंकले बढ्यो

Sagarmatha Post
Sagarmatha Post ३१ असार २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौँ ।  साताको तेस्रो दिन शेयर बजारका सबै सूचकहरु बढेका छन् । आज (मंगलबार) नेप्से परिसूचक ३४.४६ बढेर नेप्से परिसूचक २७६० अंकमा रोकिएको छ ।  साथै, कारोबार रकममा पनि बृद्धि भएको छ । आज ९ अर्ब ४१ करोडको कारोबार भएको छ । कारोबारमा रहेका २०९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ कम्पनीको मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, निफ्रा हरित ऊर्जा ऋणपत्र, राधि विद्युत्, एनआईसी एसिया बैंक र एनआरएन इन्फ्रास्ट्रक्चरलगायत रहेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्