नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) ले बढ्यो, १४ अर्बमाथिको कारोबार

Sagarmatha Post
Sagarmatha Post १ श्रावण २०८२, बुधबार
1 Min Read
Aa

बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ । बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि बजारमा उत्साह देखिएको छ ।सो वृद्धिपछि नेप्से २७९४ अंकमा पुगेको छ । बजारको अंक बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ४१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३ करोडको भयो ।१९३ कम्पनीको मूल्य बढ्यो भने ५५ को घट्यो । व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै ३.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.५९, फाइनान्स ०.७५, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर १.२८, लगानी ०.५२, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन १.३९, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा १.८५, अन्य ०.३३ प्रतिशत बढे । व्यापार भने ०.१८ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै लाभ कमाउने कम्पनीमा कुमारी बैंक (केबीएल डिबेन्चर) १० प्रतिशतले बढ्यो । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४१२.९० रुपैयाँमा बन्द भयो ।थ्री स्टार हाइड्रोको सेयर मूल्यमा पनि सकारात्मक ‘सर्किट ब्रेकर’ लाग्यो । थ्री स्टारको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७३१.७० रुपैयाँमा उक्लियो ।ग्रीन डेभलपमेन्ट बैंक, एनआईबीएल स्टेबल फन्ड, अपर हेवाखोला हाइड्रो उच्च कमाउने शीर्ष कम्पनी रहे ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्