काठमाडौं। उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार न्याय परिषद्मा राजीनामा पत्र बुझाएका हुन्, जुन आज (साउन ३) देखि लागू हुने जनाइएको छ।न्यायाधीश लम्साल हाल उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासमा कार्यरत थिए। सन् २०८० मा उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका लम्सालको सेवा अवधि उमेरहदका आधारमा अझै एक वर्ष बाँकी रहेको थियो। उच्च अदालतका न्यायाधीशको अवकाश उमेर ६३ वर्ष तोकिएको छ।
लम्सालले आफ्नो स्वास्थ्य अवस्था र घरायसी कारण देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ। उनको राजीनामासँगै उच्च अदालतमा न्यायाधीश पदको रिक्तता झनै बढेको छ। न्याय परिषद् स्रोतका अनुसार अहिले उच्च अदालतमा २७ न्यायाधीशका पद खाली छन्, जसमा दुईजना मुख्य न्यायाधीशका पद समेत छन्।


प्रतिक्रिया दिनुहोस्