साउन महिनाको पहिलो सोमबार : बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड

Sagarmatha Post
Sagarmatha Post ६ श्रावण २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं । साउन महिनाको पहिलो सोमबारको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ। बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।कोषका अनुसार, दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले यस वर्ष पहिलोपटक चक्रपथ घुम्ने चारवटा बसमार्फत निःशुल्क बस सेवा सुरु गरिएको छ। मूल मन्दिरमा भीड व्यवस्थापन गर्न भक्तजनलाई एक घण्टाभित्र दर्शन गरिसक्ने व्यवस्था मिलाइएको छ।

भक्तजनलाई घामपानीबाट जोगाउन नेपाली सेनाको कल्याणकारी कोषले टेन्ट राखेको छ भने क्षेत्रभरि स्वास्थ्य शिविर, पानी र प्रसाद वितरणको समेत व्यवस्था गरिएको छ।साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन मानिने भएकाले आज विशेष गरी महिला भक्तजन पहेँलो, रातो र हरियो पहिरनमा पशुपति क्षेत्रमा देखिएका छन्। यस वर्ष साउनमा चार वटा सोमबार परेको छ। साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्