काठमाण्डौं । नेपाल प्रहरीका ११ जना बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी), ११ जना प्रहरी उपरिक्षक (एसपी) र १३ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवा सिफारीस भएका छन् ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयको आजको बैठकले उनिहरुको बढुवा सिफारीस गरिएको हो । नेपाल प्रहरीको ११ जना एसएसपी बढुवाको सुचिको पहिलो नम्बरमा गण्डकी प्रहरी कार्यालय पोखराको आर्थिक प्रशासन तथा प्रवन्ध महाशाखामा कार्यरत तुल बहादुर कार्की पर्न सफल भएका छन् । त्यस्तै क्रमश राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुंयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल बढुवा सिफारीसमा परेका छन् ।
त्यस्तै नेपाल प्रहरीको डिएसपीबाट एसपीमा बढुवा सिफारीस हुनेमा अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का रहेका छन् ।
त्यस्तै नेपाल प्रहरीको इन्सपेक्टरबाट डिएसपीमा बढुवा सिफारीस हुनेहरुमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिपेन्द्र क्षेत्री, शेखर जंघ मल्ल, पोषराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका छन् ।
बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) मा बढुवा सिफारीस हुनेहरु

प्रहरी उपरिक्षक (एसपी) मा बढुवा सिफारीस हुनेहरु

प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवा सिफारीस हुनेहरुमा 
hg



प्रतिक्रिया दिनुहोस्