सिन्धुलीमा एउटै परिवारका १६ जना सम्पर्कविही

Sagarmatha Post
Sagarmatha Post १३ श्रावण २०८२, सोमबार
1 Min Read
Aa

सिन्धुली , सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना एकैपटक गाउँबाट हराएपछि प्रहरीको टोलीले खोजतलास सुरु गरेको छ।गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास विप्पर कटेरीमा बस्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई स्थानीयले जानकारी दिएका हुन्।प्रहरीले सूचनापछि घटनास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, हायुको घरमा सामान्य क्षति देखिएको छ भने परिवारले पालेका कुखुरा, बाख्रा र भैंसी अलपत्र अवस्थामा भेटिएका छन्।

‘घटनाबारे सूचना पाउनेबित्तिकै प्रहरीको टोली घटनास्थल पुगेको छ,’ एसपी सुवेदीले भने, ‘घरमा कोही छैनन्, तर पशुचौपाया छाडिएका छन्। अनुसन्धान जारी छ।’हाल प्रहरी टोलीले गाउँका जनप्रतिनिधि र स्थानीयसँग हायु परिवारको अवस्थाबारे जानकारी लिने काम गरिरहेको छ। परिवार कहाँ र कसरी हरायो भन्नेबारे अहिलेसम्म कुनै प्रष्ट तथ्य खुलेको छैन।tvannapurna

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्