नर्स निमिषा प्रियाको मृत्यु दण्ड अनिश्चितकालका लागि स्थगित, क्षमादानको लागि प्रयास जारी

Sagarmatha Post
Sagarmatha Post १४ श्रावण २०८२, मंगलवार
2 Min Read
Aa

भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड सजाय यमनले अन्ततः रद्द गरेको छ। यमनको राजधानी सानामा भएको उच्चस्तरीय बैठकमा यो निर्णय गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्कर ले जनाएको छ। भारतीय ग्रान्ड मुफ्ती कन्थापुरम एपी अबुबकर मुसलियारको कार्यालयले सोमबार राति अबेर उक्त जानकारी सार्वजनिक गरेको हो।केरला राज्यकी ३७ वर्षीया निमिषालाई सन् २०१८ मा एक यमनी नागरिक तलाल अब्दो महदीको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो।यमनको अदालतले उनलाई जुलाई १६ मा मृत्युदण्ड दिने तयारी गरिरहेको थियो। तर अन्तिम घडीमा, जुलाई १५ का दिन भारतीय ग्रान्ड मुफ्ती कन्थापुरम मुसलियार र यमनका प्रसिद्ध सुफी विद्वान शेख हबिब उमर बिन हाफिजबीचको वार्तापछि सजाय अस्थायी रूपमा स्थगन गरिएको थियो । यही छलफलपछि यमनको सर्वोच्च न्यायिक परिषद्ले मृत्युदण्ड रद्द गर्ने निर्णय लिएको हो।

यमनका शेख हबिबलाई मुफ्ती मुसलियारले वार्ताका लागि राजी गराएका थिए। मृतकको परिवारको नजिकको सदस्य वार्तामा सहमत भएको यो पहिलोपटक थियो। यो वार्ता शरिया कानुनअन्तर्गत भएको थियो। यसले मृतकको परिवारलाई बिनासर्त वा ब्लड मनीको बदलामा अपराधीलाई माफी दिने कानुनी अधिकार दिन्छ।वार्तामा यमनको सर्वोच्च अदालतका न्यायाधीश तथा मृतक महदीका भाइको समेत सहभागिता रहेको थियो। मृतक परिवारका सदस्यहरू पहिलोपटक यसप्रकारको वार्तामा सहभागी भएर सहमति जनाएका थिए।

यस्तो छ घटनाक्रम

निमिषा प्रिया एक नर्स हुन्, जो रोजगारीका लागि सन् २००८ मा यमन गएकी थिइन्। १९ वर्षको उमेरमा यमन पुगेकी उनी सरकारी अस्पतालमा नर्सको रुपमा कार्यरत थिइन्। सन् २०११ मा उनले भारत फर्किएर टमी थोमससँग विवाह गरेकि थिइन।

यसैबिच आर्थिक अभाव र कठिनाइबीच उनले यमनमा निजी क्लिनिक खोल्ने योजना बनाइन् तर यमनको कानुनले स्थानीय साझेदार आवश्यक पारेपछि उनले महदी नामका यमनी नागरिकलाई पार्टनर बनाएकी थिइन ।

तर महदीले उनलाई जबरजस्ती नियन्त्रणमा राख्दै फोटोमार्फत झूटा वैवाहिक सम्बन्धको दाबी गर्दै ब्ल्याकमेल र दुव्र्यवहार गरेको आरोप छ। निमिषाको परिवारका अनुसार महदीले उनलाई शारीरिक यातना, लागूपदार्थ सेवन गराएर हमला, मासिक कमाइको शोषण र पासपोर्ट खोसेर यमनबाट जान रोकेका थिए ।

यसैबित निमिषाले आफ्नो पासपोर्ट फिर्ता ल्याउन महदीलाई सुई दिएर बन्धक बनाउने क्रममा उनको मृत्यु भएपछि निमिषा हत्या अभियोगमा जेल परेकी थिइन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्