महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक

Sagarmatha Post
Sagarmatha Post २० श्रावण २०८२, सोमबार
1 Min Read
Aa

दोधारा चाँदनी :  कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि  चार पाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

“महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।” उहाँले भन्नुभयो–“महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि चार पाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” उहाँका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्युसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्