क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ

Sagarmatha Post
Sagarmatha Post २० श्रावण २०८२, सोमबार
1 Min Read
Aa

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। काठमाडौंको कलंकीबाट प्रहरीले २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।हेटौंडा घर भई भक्तपुरको कौशलटार बस्दै आएका दाहाललाई प्रहरीले शनिबार पक्राउ गरेको हो। कलंकीमा क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचना पाएपछि परिसरको टोली खटिएको थियो। उक्त टोलीले दाहाललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

अनुसन्धानको क्रममा उनले युएसडिटी, बिटिसी, इटिएच र बिएन्डबी जस्ता क्रिप्टोको कारोबार गरेको भेटिएको हो। नेपाली रकम अनुसार ७८ लाख ३० हजार ३८८ रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको भेटिएको एसपी चन्दले बताए। एउटा मोबाइल र दुई वटा सिमकार्ड पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका दाहालमाथि प्रहरीले अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा थप अनुसन्धान थालेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्