१२ कक्षाको नतिजा आज साँझ सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

Sagarmatha Post
Sagarmatha Post २० श्रावण २०८२, सोमबार
1 Min Read
Aa

साउन १९, २०८२  । कक्षाको नतिजा आज साँझ सार्वजनिक हुँदैछ । नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ । २१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । नतिजा सार्वजनिक गर्ने तयारी भइरहँदा नतिजा कसरी हेर्न सकिन्छ भन्ने कौतुहल्ता परीक्षार्थी, अभिभावक लगायत आमचासो बनेको छ । बोर्ड स्रोतका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्