इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त

Sagarmatha Post
Sagarmatha Post २१ श्रावण २०८२, मंगलवार
1 Min Read
Aa

बागमती , बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) गरी कुल ६४ जना सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।नवनियुक्त मुख्यमन्त्री बानियाँको पद तथा गोपनियताको शपथ दिउँसो ३ बजेको लागि तय भएको छ । बानियाँले आजै कांग्रेस र एमालेबाट समेटेर मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन् ।शपथ लिनुअघि बानियाँ काठमाडौंमा आएर पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । उक्त भेट मन्त्रिपरिषद् विस्तारको लागि केन्द्रित थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्